२८ पुसमा
काठमाडौंमा
सम्पन्न
इक्यान
निर्वाचनमार्फत
नयाँ
नेतृत्व
चयन
भएसँगै
संस्थाको
इतिहासमा
नयाँ
अध्याय
थपिएको
लक्ष्मण
पौडेलले
बताएका
छन्।
उनले
कुल
३४३
मत
प्राप्त
गर्दै
इक्यानको
अध्यक्ष
पदमा
निर्वाचित
हुन
सफल
भएका
हुन्।
यो
विजयलाई
उनले
सामूहिक
विश्वास,
टिमवर्क
र
परामर्श
व्यवसायीहरूको
साझा
आकांक्षाको
प्रतिफलका
रूपमा
उल्लेख
गरेका
छन्।
ग्रेस इन्टरनेशनल
अर्गनाइजेसनका
सञ्चालक
लक्ष्मण
पौडेल
शैक्षिक
परामर्श
क्षेत्रमा
करिब
दुई
दशकदेखि
निरन्तर
सक्रिय
रहँदै
आएका
छन्।
काठमाडौंसहित
देशका
विभिन्न
प्रमुख
सहरहरूमा
शाखा
विस्तार
गरी
हजारौं
विद्यार्थीलाई
परामर्श
सेवा
प्रदान
गर्दै
आएका
उनले
प्रभावकारी
टिमवर्क
र
अनुभवी
नेतृत्वका
कारण
परामर्श
व्यवसायीहरूबीच
आफ्नै
छुट्टै
पहिचान
बनाएका
छन्।
सामूहिक प्रयास,
एकता
र
टिमवर्कको
बलमा
इक्यानलाई
अझ
सशक्त
र
प्रभावकारी
छाता
संगठनका
रूपमा
स्थापित
गर्ने
आफ्नो
लक्ष्य
रहेको
उनले
उल्लेख
गरे।
साथै,
शैक्षिक
परामर्श
क्षेत्रलाई
व्यवस्थित,
मर्यादित
र
पेशागत
रूपमा
संस्थागत
गर्ने,
संस्थाभित्र
पारदर्शिता
र
जवाफदेहिता
मजबुत
बनाउने
तथा
कर
प्रणालीमार्फत
राज्यसँग
समन्वयकारी
भूमिका
निर्वाह
गर्ने
प्रतिबद्धता
पनि
उनले
व्यक्त
गरे।
‘शैक्षिक परामर्श
व्यवसायी
हुनु
गर्वको
विषय
हो
भन्ने
भावनालाई
संस्थागत
गर्नु
मेरो
प्रमुख
उद्देश्य
हो,’
भन्दै
उनले
यो
विजयलाई
व्यक्तिगत
उपलब्धिभन्दा
पनि
सम्पूर्ण
परामर्श
व्यवसायीहरूको
साझा
जितका
रूपमा
व्याख्या
गरे।