• Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog
  • Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog

सचिव पदमा कसले जित्ला विश्वास? इक्यान सचिवका चार दाबेदारबीच प्रतिस्पर्धा

abroadkhabar.com
January 10, 2026

आसिक कार्की

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का वर्तमान कोषाध्यक्ष आसिक कार्कीले आगामी कार्यसमितिका लागि सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्। लामो समयदेखि इक्यानको आर्थिक तथा संस्थागत व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएका कार्कीलाई सचिव पदका लागि बलियो, अनुभवी र सशक्त दाबेदारका रूपमा हेरिएको छ।
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र सम्मानित बनाउने अभियानमा निरन्तर संलग्न कार्कीले सचिवको भूमिकाबाट संस्थागत सुदृढीकरण, प्रशासनिक सुधार र सदस्य–मैत्री कार्यप्रणालीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘
इक्यानमा थिति बसालेका छौँ, अब गति दिने समय आएको छ,’ कार्कीको भनाइ छ। कोषाध्यक्षका रूपमा संघलाई कर्पोरेट उचाइतर्फ डोर्‍याउन पुर्‍याएको योगदानलाई आधार बनाउँदै उनले सम्पूर्ण सदस्यसँग विश्वास, साथ र अमूल्य मतको अपिल गरेका छन्।

सुरज सिलवाल

इक्यान सचिव पदका उम्मेदवार सुरज सिलवालले संस्थाको शक्ति सदस्यहरूको एकतामा निहित रहेको स्पष्ट धारणा राख्दै उम्मेदवारी अघि सारेका छन्। पारदर्शिता, उत्तरदायित्व र संगठनात्मक एकतालाई आफ्नो मूल एजेन्डा बनाएका सिलवालले सचिवको भूमिकाबाट इक्यानको गरिमा र प्रभावशीलता अझ सुदृढ बनाउने विश्वास दिलाएका छन्।
इक्यानलाई ‘नलेज हाउस’ का रूपमा विकास गर्ने, सदस्यहरूको क्षमता अभिवृद्धिका लागि अभियान सञ्चालन गर्ने तथा विभिन्न देशसँग सम्बन्धित अन्तर्राष्ट्रिय नेटवर्किङ, तालिम र ज्ञान–आदानप्रदान कार्यक्रम विस्तार गर्ने उनको स्पष्ट योजना छ।
सिलवालले इक्यानका सबै सदस्यहरूका लागि समान अवसर, सामूहिक लाभ र दीर्घकालीन संस्थागत विकासका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

एल.बी. तामाङ

अरिना इन्टरनेसनल एजुकेसन सर्भिसेसका प्रतिनिधि एल.बी. तामाङले इक्यान सचिव पदमा उम्मेदवारी दिंदै संगठनप्रति विद्यार्थी, अभिभावक र सरोकारवालाहरूको विश्वास अझ मजबुत बनाउने लक्ष्य अघि सारेका छन्।
विदेशमा रहेका दक्ष जनशक्ति र नेपालबीच ‘ब्रिज’ को भूमिकामा इक्यानलाई स्थापित गर्ने, अन्तर्राष्ट्रिय स्किल र अनुभवलाई नेपालमै उपयोग गर्ने तथा प्रत्येक सदस्य संस्थाका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ।
तामाङका अनुसार, उनको टिम योजनाबद्ध, सजग र परिणाममुखी ढंगले काम गर्न पूर्ण रूपमा तयार छ, जसले इक्यानको विश्वसनीयता र प्रभाव दुवै बढाउनेछ।

भूपाल केसी

आइरन गेट इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक भूपाल केसीले सचिव पदमा उम्मेदवारी घोषणा गर्दै प्रशासनिक दक्षता, नीतिगत कार्यान्वयन र सदस्य–केन्द्रित सेवामा जोड दिएका छन्।
दैनिक सञ्चालन र आन्तरिक प्रशासनलाई सुचारु बनाउने, कार्यकारिणी समितिका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सरकारी निकाय तथा विदेशी संस्थासँग समन्वय बढाउने उनको प्रमुख एजेन्डा रहेको छ।
सदस्यहरूका लागि तालिम, कार्यशाला, गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने तथा इक्यानको आचारसंहिता, व्यावसायिक मापदण्ड र नैतिकतालाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
पारदर्शी र प्रतिस्पर्धात्मक निर्वाचनको महत्व औँल्याउँदै केसीले यो निर्वाचनले इक्यानलाई नेपाली विद्यार्थीहरूको वैश्विक आकांक्षाको अगुवाइ गर्ने संस्थाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

अन्ततः पुस २८ गतेको मतदानले इक्यानको आगामी दिशा मात्र होइन, नेपाली शैक्षिक परामर्श क्षेत्रको भरोसा, नेतृत्व र भविष्य कसको हातमा जानेछ भन्ने निर्णायक उत्तर दिनेछ।

Feedback

Our Team

Chief Editor: Mandira Timsina

Director: CA Shree Hari Aacharya

Contact Us

Location: Putalisadak, Kathmandu

Email: info@abroadkhabar.com

Phone: 9703723210 / 9863610637

© 2025 abroadkhabar.com सर्वाधिकार सुरक्षित
About Us Contact Us
Powered by: PPSG TECH Private Limited.