• Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog
  • Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog

दीपक राज भुसालको नेतृत्वमा इक्यान अध्यक्षको दौड झन् रोचक

abroadkhabar.com
January 07, 2026

काठमाडौं

पौष २८, २०८२

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ वार्षिक साधारण सभा तथा निर्वाचन नजिकिँदै जाँदा संगठनभित्र चुनावी माहोल तातिँदै गएको छ। आगामी पुस २८ गते काठमाडौंमा हुने इक्यान निर्वाचनका लागि हालका महासचिव दीपक राज भुसाल ले अध्यक्ष पदमा औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

भुसालको उम्मेदवारीलाई इक्यानका वर्तमान अध्यक्ष शेषराज भट्टराई र निवर्तमान अध्यक्ष प्रकाश पाण्डे ले प्रस्तावक र समर्थकको रूपमा खुलेर समर्थन गरेका छन्। यस समर्थनले भुसाललाई संस्थापन पक्षको बलियो साथ प्राप्त भएको स्पष्ट संकेत गरेको छ।

नीतिगत सुधार, परामर्श व्यवसायको व्यवस्थित सञ्चालन तथा आवश्यक ऐन संशोधनमा पहल गर्ने मुख्य एजेन्डासहित भुसाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पछिल्ला १५ वर्षदेखि इक्यानमा निरन्तर सक्रिय रहँदै आएका भुसालले शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै परामर्श व्यवसायीहरूको अधिकार र हितका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।

दीपक राज भुसाल: अनुभवले खारिएको नेतृत्व र स्पष्ट मार्गदर्शन

दीपक राज भुसाल शैक्षिक परामर्श क्षेत्रमा स्थापित, अनुभवी र शालीन नेतृत्वका रूपमा परिचित छन्। विगत १५ वर्षको अवधिमा उनले इक्यानको साधारण सदस्यदेखि महासचिवसम्म विभिन्न तहका जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

एनलाइटन इन्टरनेशनल एजुकेसन का सञ्चालक भुसालले वि.सं. २०६६ सालमा साधारण सदस्य को रूपमा इक्यानसँग आफ्नो यात्रा सुरु गरेका हुन्। ‘एक्स्ट्रा डिपार्टमेन्ट’ को सदस्यबाट संगठनात्मक जिम्मेवारी सम्हाल्न थालेका उनले परामर्श क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव आर्जन गरेका छन्।

प्रकाश पाण्डे अध्यक्ष रहँदा उनी पहिलो पटक कार्यसमिति सदस्यमा निर्वाचित भए। सो कार्यकालमा गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न ऐतिहासिक वनभोज तथा कर्पोरेट फुतसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न उनले संयोजकको महत्वपूर्ण भूमिका निभाए। पछि प्रथम सचिवमा निर्वाचित भई ‘फेयर कमिटी’ को संयोजक बनेर भृकुटीमण्डपमा आयोजित ‘मेगा फेयर’ मार्फत ३८ लाख रुपैयाँ आम्दानी गराउन निर्णायक योगदान दिएका थिए।

त्यसपछि एक कार्यकाल सर्वसम्मत रूपमा महासचिव चयन भएका भुसालले कोभिड–१९ को चुनौतीपूर्ण समयमा संस्थाका प्रवक्ताको भूमिका निर्वाह गर्दै व्यवसायीहरूको समस्या सरकारसमक्ष पुर्‍याउन अग्रसरता देखाए। दोस्रो कार्यकालका लागि पुनः महासचिवमा निर्वाचित भएका उनी हाल अध्यक्ष पदका एक सशक्त उम्मेदवारका रूपमा उभिएका छन्।

भुसालले आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभई नीतिगत सुधार र व्यवसायिक हितको संरक्षणका लागि भएको स्पष्ट पारेका छन्। परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक ऐन तथा नियम संशोधनमा पहल गर्ने, शिक्षा र परराष्ट्र मन्त्रालयसँग प्रभावकारी समन्वय गरी व्यवसायीका समस्या समाधान गर्ने, तथा इक्यानलाई अझ पारदर्शी, अनुशासित र सबै सदस्यहरूको साझा संस्था बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

भुसाल नेतृत्वको चुनावी प्यानल

अध्यक्ष : दीपकराज भुसाल
उपाध्यक्ष : विकल्पराज पोख्रेल, रत्नराज भट्टराई र मञ्जित ढकाल
महासचिव : भवनाथ हुमागाईं
सचिव : आशिक कार्की र सुरज सिलवाल
कोषाध्यक्ष : उमा खड्का
सहकोषाध्यक्ष : गोविन्द खनाल
सदस्यहरू : अशोक कुमार हात्ती, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमल प्रसाद तिमल्सिना र वसन्त पाण्डे ।

 

 

Feedback

Our Team

Chief Editor: Mandira Timsina

Director: CA Shree Hari Aacharya

Contact Us

Location: Putalisadak, Kathmandu

Email: info@abroadkhabar.com

Phone: 9703723210 / 9863610637

© 2025 abroadkhabar.com सर्वाधिकार सुरक्षित
About Us Contact Us
Powered by: PPSG TECH Private Limited.