पछिल्ला वर्षहरूमा नेपालबाट अमेरिका अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। उच्च शिक्षा, अन्तर्राष्ट्रिय डिग्री, रोजगारीका अवसर र भविष्य सुरक्षित हुने अपेक्षाले हजारौं नेपाली युवा विध्यार्थी भिजा (F-1) मार्फत अमेरिका पुगिरहेका छन्। तर सामाजिक सञ्जाल र समाजमा देखाइने चम्किलो तस्बिरभन्दा फरक, विद्यार्थीहरूको वास्तविक जीवन भने संघर्ष, दबाब र अनिश्चितताले भरिएको छ।
विदेश अध्ययनप्रतिको बढ्दो आकर्षण
अमेरिका विश्वकै प्रमुख शैक्षिक गन्तव्यका रूपमा चिनिन्छ। आधुनिक प्रविधि, अनुसन्धानमुखी शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय अनुभवका कारण नेपाली विद्यार्थीहरू अमेरिका आकर्षित भइरहेका छन्। धेरै परिवारले छोराछोरीको भविष्य उज्यालो हुने विश्वासमा ठूलो आर्थिक लगानी गर्छन्। कतिपयले घर–जग्गा बेचेर वा ऋण लिएर पनि सन्तानलाई अमेरिका पठाएका छन् तर अध्ययन सुरु भएपछि धेरै विद्यार्थीहरूले कल्पना गरेभन्दा फरक यथार्थ सामना गर्नुपरेको देखिन्छ।
अमेरिका पुगेपछि सुरु हुने वास्तविक चुनौती
अमेरिका प्रवेश गरेपछि भाषा, संस्कृति, मौसम र जीवनशैली सबै नयाँ हुन्छ। सुरुका केही हप्ता उत्साह र कौतुहलताले बिते पनि त्यसपछि पढाइ, काम र खर्चको दबाब स्पष्ट रूपमा देखिन थाल्छ।मेरो अनुभवका आधारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू पहिलो सेमेस्टरमा सांस्कृतिक आघात र अत्याधिक मात्रामा घरको याद आउने समस्या बाट बढी प्रभावित हुन्छन्। परिवार, आफन्त र सामाजिक समर्थन टाढा हुँदा धेरै नेपाली विद्यार्थीहरू मानसिक रूपमा एक्लोपन महसुस गर्ने गर्छन्।
पढाइ र कामको दोहोरो बोझ
विध्यार्थी भिजा अन्तर्गत पूर्णकालीन अध्ययन अनिवार्य हुन्छ। कक्षा उपस्थिति, गृहकार्य, प्रोजेक्ट र परीक्षा निरन्तर चलिरहन्छ। तर उच्च शिक्षा शुल्क र दैनिक जीवनयापन खर्च धान्न विद्यार्थीहरूलाई काम गर्नुपर्ने बाध्यता हुन्छ। कानुनी रूपमा क्याम्पस भित्र सीमित घण्टा मात्र काम गर्न पाइने भए पनि धेरै नेपाली विद्यार्थीहरू क्याम्पस बाहिर नगद काम मा निर्भर रहेको पाइन्छ। रेस्टुरेन्ट, ग्यास स्टेशन, होटल, मोटेल र गोदाम (warehouse) मा लामो समय काम गर्नु धेरै विद्यार्थीहरूको साझा अनुभव हो। लामो समय काम गरेपछि पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुने, शारीरिक थकान बढ्ने र मानसिक तनाव चुलिने समस्या व्यापक देखिन्छ।
आर्थिक दबाब र डलरको वास्तविकता
नेपालमा “अमेरिका पुगेपछि डलर कमाइन्छ” भन्ने धारणा अझै पनि प्रबल छ। तर अमेरिकामा कमाइसँगै खर्च पनि अत्यधिक हुन्छ। घरभाडा, खाना, यातायात, स्वास्थ्य बीमा र कलेज शुल्कले विद्यार्थीहरूको आम्दानीलाई चुनौती दिन्छ। धेरै विद्यार्थीहरू महिनाको अन्त्यसम्म आर्थिक अभावमा पर्ने गरेका छन्। कतिपय विद्यार्थीहरू समयमै शिक्षा शुल्क तिर्न नसक्ने अवस्थामा पुग्दा भिसा स्थिति (status) नै जोखिममा पर्ने डरमा बाँचिरहेका हुन्छन्।
मानसिक स्वास्थ्य: नदेखिने तर गम्भीर समस्या
समाचारमा कम चर्चा हुने तर गम्भीर समस्या भनेको मानसिक स्वास्थ्य हो। पढाइ, काम, आर्थिक दबाब, भविष्यप्रतिको अनिश्चितता र भिसा स्थिति कायम राख्ने तनावले धेरै नेपाली विद्यार्थीहरू चिन्ता र डिप्रेसन बाट प्रभावित छन्। सामाजिक सञ्जालमा जीवन सहज र सफल देखिए पनि वास्तविकतामा धेरै विद्यार्थीहरू एक्लै संघर्ष गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा महँगो हुनु र लाज वा डरका कारण धेरै विद्यार्थीहरू सहयोग लिन अघि नबढ्ने गरेको देखिन्छ।
भिसा स्थिति र कानुनी जटिलता
विध्यार्थी भिजा मा
सबैभन्दा
संवेदनशील
पक्ष
भनेको
भिसा
स्थिति
कायम
राख्नु
हो।
पूर्णकालीन भर्ना
/ दर्ता
(Full-time enrollment) पूरा नभएमा,
शुल्क
समयमै
नतिरेमा
वा
कलेजका
नियम
उल्लंघन
भएमा
विद्यार्थीको
कानुनी
हैसियत
जोखिममा
पर्न
सक्छ।
OPT (Optional Practical Training) र CPT (Curricular Practical Training) जस्ता कार्यक्रमबारे स्पष्ट जानकारी नहुँदा कतिपय विद्यार्थीहरू गलत निर्णयका कारण समस्यामा पर्ने गरेका छन्। आप्रवासनसम्बन्धी नियम जटिल र परिवर्तनशील हुँदा विद्यार्थीहरू थप अन्योलमा पर्ने गरेका छन्।
संघर्षबीचका सफलता कथाहरू
यद्यपि चुनौतीहरू
धेरै
छन्,
सबै
कथा
नकारात्मक
मात्र
छैनन्।
धेरै
नेपाली
विद्यार्थीहरूले
यही
संघर्षबीच
उच्च
GPA हासिल
गरेका
छन्,
छात्रवृत्ति
प्राप्त
गरेका
छन्
र
अध्ययनपछि
प्रतिष्ठित
संस्थामा
रोजगारी
पाएका
छन्।
कतिपयले आफ्नै व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्ने बाटो पनि रोजेका छन्। तर यी सफलताहरू सहज रूपमा आएको नभई निरन्तर मेहनत, अनुशासन र धैर्यको परिणाम हुन्।
समाजमा व्याप्त भ्रम र यथार्थ बुझ्ने आवश्यकता
नेपालमा अझै पनि विदेश गएपछि जीवन स्वतः सजिलो हुन्छ भन्ने सोच व्यापक छ। तर अमेरिका आएका विद्यार्थीहरूको अनुभवले देखाउँछ—विदेश जीवन अवसरसँगै संघर्षको यात्रा पनि हो। मेरो अनुभवका अनुसार, विदेश अध्ययन गर्न चाहने विद्यार्थी र परिवारले भावनात्मक तयारी, सही जानकारी र यथार्थपरक योजना बनाएर निर्णय लिनु आवश्यक छ।
निष्कर्ष
विध्यार्थी भिजा मा
अमेरिका
आएका
नेपाली
विद्यार्थीहरूको
जीवन
केवल
सपनाको
कथा
होइन,
त्यो
संघर्ष,
दबाब
र
आत्मनिर्भर
बन्ने
प्रक्रियाको
कथा
पनि
हो।
यस यथार्थलाई
बुझ्नु
र
सार्वजनिक
बहसमा
ल्याउनु
आवश्यक
छ,
ताकि
भविष्यमा
अमेरिका
अध्ययन
गर्न
चाहने
नेपाली
विद्यार्थीहरूले
भ्रम
होइन,
सचेत
र
जिम्मेवार
निर्णय
लिन
सकून्।