जन्मिदै बाले फालिदिनु भनेका थिए रे: Nirmala Devi Timsina Cyprus, Europe
abroadkhabar.com
December 25, 2025
झरेको पात "
जन्मिदै बाले फालिदिनु भनेका थिए रे
बाकै मुखराबीन्दबाट सुनेकी थिएँ l
ओछ्यान परेकै बेला, थलिएकै बेला l
खेल्दा लागेको तिरको तारो हुँ,
म भेट्नु खुस्किएर झरेको पात हुँ l
मेरो जन्मको अपेक्षा न बालाई थियो
न आमालाई नै थियो l
अवैराग्य समयको अबैधानिक सन्तान l
जन्मिदै तिरस्कृत भएपछी
जिबन कहाँ स्वीकृति हुन सक्छ र!!?
तिमीलाई सन्तानको रहर पुगेको थियो
तर बाले भनेको किन मानिनौ आमा?
यदि तिमीले मानिदिएको भए,
मैले बेलैमा स्वर्ग र शान्ति प्राप्त गर्ने थिएँ l
मलाई दुख दिने मेरा संघर्षले पनि
स्वर्ग र शान्ति प्राप्त गर्ने थिए l
अहिले हेर त आमा,
यी संघर्षहरु बेजोड जागेका छन्
मलाइ कुदाउँदै,थकाउँदै उडाइरहेका छन् l
झरेको पात न हुँ
कहिले पहरामा ठोकिएँ,
कहिले जंगलमा अल्झिएँ l
आमा संघर्षले मलाइ गन्तब्यहीन बनायो l
बिगतदेखि बर्तमानसम्म ठोकिरहें, अल्झिरहें l
स्वर्गको बाटो हराएको छ, अल्मलिएको छ
भोलि भोलि भन्दा भन्दै भोलि भेटिएन
भोलि त अन्जान रहेछ, त्यसैले
भबिस्य अन्जान छ l
कहिले दन्किने चितामाथि पुर्याउछ र
भिषण राप पश्चात शान्ति मिल्छ, स्वर्ग मिल्छ
म,भेट्नु खुस्किएर झरेको पातलाई!!l
- निर्मला देवी तिम्सिना कान्छी