नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन नजिकिँदै जाँदा कोषाध्यक्ष पद को प्रतिस्पर्धाले पनि संगठनभित्र उल्लेखनीय चर्चा पाएको छ। इक्यानको आर्थिक अनुशासन, पारदर्शिता र संस्थागत स्थायित्वसँग प्रत्यक्ष जोडिएको यस महत्वपूर्ण पदका लागि उमा खड्का पाठक र साधना पुडासैनी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
उमा खड्का पाठक: रणनीतिक वित्तीय व्यवस्थापन र संस्थागत विस्तारको दृष्टि
उमा खड्का पाठक ले इक्यानको कोषाध्यक्ष पदका लागि स्पष्ट दृष्टिकोण र प्रतिबद्धतासहित उम्मेदवारी प्रस्तुत गरेकी छन्। उनले इक्यानको मूल उद्देश्य—नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय अध्ययन गमन (Nepali Student Mobility)
को प्रवर्द्धन र नीति–आधारित संरचनाको सुदृढीकरण—लाई केन्द्रमा राख्दै आफ्नो कार्यदिशा अघि सारेकी छन्।
आफ्नो उम्मेदवारी अध्यक्ष पदका उम्मेदवार दीपक राज भुसालको भिजन र टिमसँग समन्वयमा
अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै पाठकले कोषाध्यक्षका रूपमा संस्थाको Financial Backbone लाई अझ मजबुत बनाउने लक्ष्य राखेकी छन्। उनका प्रमुख एजेन्डामा केन्द्र तथा शाखा कोषको पारदर्शी, सुदृढ र एकीकृत व्यवस्थापन, सदस्य संस्थाहरूका लागि करसम्बन्धी तालिम तथा कर अनुपालन सहयोग,
बैंक तथा वित्तीय संस्थासँग दीर्घकालीन रणनीतिक साझेदारी
विकास, शाखा स्तरमा कोष सुदृढीकरणका लागि संरचित योजना, तथा संस्थाको क्षमता अभिवृद्धि गर्ने दिगो आय–आर्जन मोडेल
विकास समावेश छन्।
उनका अनुसार यी सबै पहलहरू सक्षम, जीवन्त र भविष्यतर्फ उन्मुख (Vibrant
& Future-Ready) ECAN निर्माणका आधारस्तम्भ हुन्।
साधना पुडासैनी: अनुभव, पारदर्शिता र वित्तीय अनुशासन
शैक्षिक परामर्श व्यवसायमा लामो समयदेखि सक्रिय र अनुभवी नाम का रूपमा चिनिएकी साधना पुडासैनी
ले पनि कोषाध्यक्ष पदका लागि सशक्त दाबी प्रस्तुत गरेकी छन्। संस्थागत रूपमा पारदर्शी र जिम्मेवार भूमिका निर्वाह गर्दै आएकी पुडासैनीले अब कोषाध्यक्षको रूपमा इक्यानलाई अझ मजबुत, उत्तरदायी र विश्वासिलो बनाउने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा आफूलाई उभ्याएकी छन्।
पौष २८ गते हुने इक्यान निर्वाचनका सन्दर्भमा आफ्नो उम्मेदवारीबारे बोल्दै उनले भनिन्,
“संस्थागत सुदृढीकरण र आर्थिक अनुशासन मेरो प्राथमिकता हो। इक्यानलाई थप उचाइमा पुर्याउन म पूर्ण रूपमा प्रतिबद्ध छु।”
यसअघि एक कार्यकाल इक्यानको कार्यसमिति सदस्य
का रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेकी पुडासैनीले आफ्नो मूल प्रतिबद्धता पारदर्शिता र वित्तीय अनुशासन
रहेको स्पष्ट पारेकी छन्। “ECAN को प्रत्येक रुपैयाँ स्पष्ट, सुरक्षित र सदस्यकै हितमा प्रयोग हुनेछ,” भन्दै उनले डिजिटल अकाउन्टिङ प्रणाली, रियल–टाइम वित्तीय रिपोर्टिङ र मजबुत आन्तरिक नियन्त्रण प्रणाली
लागू गर्ने योजना सार्वजनिक गरेकी छन्।
उनका अनुसार, “मेरो नेतृत्वमा इक्यानको कोष पूर्ण पारदर्शिताका साथ सुरक्षित र जिम्मेवार रूपमा व्यवस्थापन हुनेछ, जसले संस्थाप्रतिको सदस्यहरूको भरोसा अझ बलियो बनाउनेछ।”
कोषाध्यक्ष पद: विश्वास र उत्तरदायित्वको परीक्षा
इक्यानको कोषाध्यक्ष पदलाई संगठनको आर्थिक विश्वासको केन्द्र
का रूपमा लिइन्छ। रणनीतिक वित्तीय व्यवस्थापनको दृष्टि बोकेकी उमा खड्का पाठक र अनुभव तथा पारदर्शिताको बलियो छवि बनाएकी साधना पुडासैनीबीचको प्रतिस्पर्धाले निर्वाचनलाई थप चासोपूर्ण बनाएको छ।
अब निर्णय इक्यानका सदस्यहरूको हातमा छ, रणनीतिक विस्तारको मार्ग रोज्ने कि अनुभव र अनुशासनमा आधारित नेतृत्व?