शैक्षिक परामर्श व्यवसायीहरूको साझा संस्था एजुकेसन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपाल (ECAN) भित्र दिपक राज भुसालको यात्रा केवल पद र जिम्मेवारीमा सीमित छैन, यो निरन्तर सेवा, संस्थागत सुदृढीकरण र संकटका बेला नेतृत्व देखाउने अभ्यासको कथा हो।
वर्ष २०६६ मा ECAN को सदस्यता लिएसँगै भुसालले संस्थासँग औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेका थिए। प्रारम्भिक दिनमै उनले संगठन बुझ्ने, भित्रबाट सिक्ने र जिम्मेवारी सम्हाल्ने स्पष्ट सोच देखाए। यही सोचले उनलाई २०६८ मा तत्कालीन अध्यक्ष राजेन्द्र बराल, महासचिव प्रकाश पाण्डे र कार्यसमिति सदस्य श्रीराम पौडेलको कार्यकालमा Extra Department समितिको सदस्य
बनायो। श्रीराम पौडेल Extra Department का प्रमुख हुँदा भुसालले सक्रिय रूपमा काम गर्दै संस्थागत गतिविधिमा गहिरो संलग्नता जनाए।
उनको प्रतिबद्धता र कार्यशैलीको परिणामस्वरूप, २०७२ मा प्रकाश पाण्डेको अध्यक्षता र सन्तोष प्याकुरेलको महासचिवत्वमा उनी पहिलो पटक निर्वाचित कार्यसमिति सदस्य
बने। यही कार्यकालमा भुसालले Extra
Department प्रमुखको जिम्मेवारी पाउँदै केही ऐतिहासिक र नवीन कार्यक्रमहरू अघि सारे। पहिलो पटक प्रति व्यक्ति १००० रुपैयाँमै उल्लेखनीय सहभागितासहित गोकार्ण फरेस्ट रिसोर्टमा ECAN
Picnic आयोजना गरिनु उनको व्यवस्थापन क्षमताको उदाहरण बन्यो। साथै, ECA प्रायोजित
Corporate Futsal कार्यक्रममार्फत सदस्यहरूबीच सहकार्य र नेटवर्किङलाई नयाँ आयाम दिइयो।
भुसालको नेतृत्व क्षमताले २०७५ मा अझ ठूलो जिम्मेवारी दिलायो। विष्णु हरि पाण्डेको अध्यक्षता र शेषराज भट्टराईको महासचिवत्वमा उनी प्रथम सचिव मा निर्वाचित भए र Fair Committee संयोजक
को जिम्मेवारी सम्हाले। यही अवधिमा आयोजित भृकुटीमण्डप मेगा फेयर ECAN
को इतिहासमै आर्थिक र व्यवस्थापनको दृष्टिले स्मरणीय बन्यो। तत्कालीन परराष्ट्रमन्त्री
प्रदीप ज्ञवाली प्रमुख अतिथि र अस्ट्रेलियन राजदूत विशिष्ट अतिथिका रूपमा सहभागी उक्त फेयरबाट British Council को १५ लाख रुपैयाँ सहयोगसहित कुल ३८ लाख रुपैयाँ आम्दानी
भएको थियो, जसमा Event Management कम्पनीमार्फत २३ लाख रुपैयाँ संकलन गरिएको थियो।
त्यसैगरी, शैक्षिक क्षेत्रमा FDI रोक्नुपर्ने मुद्दामा भुसालको भूमिका उल्लेखनीय रह्यो। उनले कम्तीमा ८० जना मन्त्री, सांसद, शिक्षा समितिका सभापति तथा सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र हस्तान्तरण गर्दै ECAN को आवाज राज्य तहसम्म पुर्याए।
उनको निरन्तर योगदानको कदरस्वरूप २०७६ पौष २७ मा प्रकाश पाण्डेको अध्यक्षतामा भुसाल सर्वसम्मत महासचिव
चयन भए। २०७७ मा उनी ECAN का लाइफटाइम सदस्य
बनेर चौथो स्थानमा दर्ज भए। महासचिव तथा प्रवक्ताको भूमिकामा रहँदा उनले ECAN लाई महामारीको कठिन समयमा सक्रिय बनाए। COVID Help Desk सञ्चालन, बिना धितो सहुलियत ऋणको व्यवस्था,
ICEF मार्फत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार,
र सयौँ भर्चुअल कार्यक्रमहरूको आयोजना
ले ECAN लाई संकटमा पनि जीवित र सशक्त बनायो।
यसै नेतृत्व यात्राको निरन्तरतामा, २०८० असार ३० मा शेखराज भट्टराईको अध्यक्षतामा भुसाल दोस्रो पटक महासचिवमा निर्वाचित भए। यो कार्यकालमा All-ECAN Agreement जस्ता
सहमति, साथै आर्थिक, प्रशासनिक र संगठनात्मक रूपमा संस्थालाई अझ सशक्त बनाउने कार्यसम्पादन उनका प्रमुख प्राथमिकता बनेका छन्।
आज दिपक राज भुसालको ECAN भित्रको भूमिका केवल पदमा सीमित छैन। उनको यात्रा संस्थाप्रति निष्ठा, समयअनुसार निर्णय लिने क्षमता र सामूहिक हितका लागि निरन्तर काम गर्ने नेतृत्वको उदाहरण बनेको छ, जसले ECAN को भविष्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।