• Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog
  • Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog

झोलुंगे पुलको अभावले बदलेको लुइटेलको राजनीतिक यात्रा

abroadkhabar.com
January 30, 2026

काठमाडौं ,15

ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता कुमार लुइटेल केवल राजनीतिक उम्मेदवार मात्र होइनन्, उनी पीडाबाट जन्मिएको दृष्टि बोकेको नेतृत्व हुन्। सुनकोशी नदीमा झोलुंगे पुल नहुँदा उनका बुवाको ज्यान गएको घटनाले उनको जीवनको दिशा नै बदलिदियो। यही पीडाले उनलाई सोच्न बाध्य बनायो—देशमा आधारभूत पूर्वाधारको अभावका कारण अब कसैको बुवा, आमा वा परिवारले ज्यान गुमाउन नपरोस्। यही सोचबाट प्रेरित भएर उनी राजनीतिमा होमिएका हुन्।

विज्ञान विषयका प्रतिभाशाली विद्यार्थी रहेका लुइटेल योजनाबद्ध विकास, सुरक्षित पूर्वाधार र जनजीवनसँग प्रत्यक्ष जोडिएका मुद्दामा गहिरो बुझाइ राख्ने नेता हुन्। लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहे पनि उनले कहिल्यै लाभको पद नलिई सादा र इमानदार छवि बनाएका छन्।

समाजसेवामा पनि उनको योगदान उल्लेखनीय छ। उनले Lions Club लगायत विभिन्न क्लब र सङ्गठनहरूमार्फत विद्यार्थीहरूलाई स्टेशनरी सामग्री सहयोग गरेका छन्। स्वास्थ्य शिविर सञ्चालन, गाउँ–गाउँका युवाहरूलाई खेलकुद आयोजना गर्न सहयोग, तथा विद्यालयका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सहयोग गर्दै आएका छन्। बिरामी परेका बेला घर–घरमा गई लुगाफाटा, पैसा र खाना सहयोग गर्नु उनको मानवीय पक्षको उदाहरण हो। कोभिड–१९ महामारीको समयमा उनले लुगाफाटा र खानेकुरा वितरण गर्नुका साथै काठमाडौंमा बसोबास गर्ने ओखलढुङ्गावासीहरूलाई समेत सहयोग गरेका थिए। साथै, जिल्लाभर स्वास्थ्यसम्बन्धी सामग्री वितरण गरेर संकटको समयमा जनताको साथ दिएका छन्।

पार्टीभित्र नीति र नेतृत्व परिवर्तनको पक्षमा सक्रिय लुइटेलको उम्मेदवारीले ओखलढुङ्गामा कांग्रेस नेता–कार्यकर्ताबीच नयाँ उत्साह थपेको छ। पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका उनी एकदमै सहयोगी, समाजसेवी र जनमुखी नेताका रूपमा चिनिन्छन्। पीडालाई शक्तिमा बदल्ने क्षमता, स्पष्ट दृष्टि र निरन्तर समाजसेवाका कारण कुमार लुइटेल ओखलढुङ्गाका लागि आशा र भरोसाको नेतृत्वका रूपमा देखिएका छन्।

Feedback

Our Team

Chief Editor: Mandira Timsina

Director: CA Shree Hari Aacharya

Contact Us

Location: Putalisadak, Kathmandu

Email: info@abroadkhabar.com

Phone: 9703723210 / 9863610637

© 2025 abroadkhabar.com सर्वाधिकार सुरक्षित
About Us Contact Us
Powered by: PPSG TECH Private Limited.